अबेर रातमा...
आँखा मिच्दै निद्रा मार्दै किताबका पाना पल्टाउदै छु अन्धकारको यो संसारमा उज्यालो दिन कटाउदै छु परीक्षाको डर छ मनमा म यसलाई नै हटाउदै छु अक्षर अक्षरमा गढेर म आफैलाई ती रटाउदै छु मनमस्तिष्कलाई सुनेर तनलाई किन सताउदै छु? उपलब्धी थाहा छैन, तर पाठहरु चै घटाउदै छु आँखा मिच्दै निद्रा मार्दै किताबका पाना पल्टाउदै छु