अबेर रातमा...

आँखा मिच्दै निद्रा मार्दै
किताबका पाना पल्टाउदै छु
अन्धकारको यो संसारमा
उज्यालो दिन कटाउदै छु
परीक्षाको डर छ मनमा
म यसलाई नै हटाउदै छु
अक्षर अक्षरमा गढेर म
आफैलाई ती रटाउदै छु
मनमस्तिष्कलाई सुनेर
तनलाई किन सताउदै छु?
उपलब्धी थाहा छैन,
तर पाठहरु चै घटाउदै छु
आँखा मिच्दै निद्रा मार्दै
किताबका पाना पल्टाउदै छु

Comments

Post a Comment

Popular posts from this blog

चलन

धड्कन

विद्वानसँग भलाकुसारी