वेट यान्ड वाच
अर्थ के अस्तित्वको ? लड्ने उठ्ने र चल्ने मात्रै हो ? वा सास फेर्ने र बाँच्ने मात्रै हो ? सपना हुन्छन्, नहुने होइनन् सपना देखिन्छन्, नदेखिने होइनन् तर, कति राख्ने, कति फ्याँक्ने ? कति सम्झिने, कति बिर्सिने ? हिसाबकिताब लेखाजोखा कसले गर्दियोस् र खै ? बरु, पर्खिऊँ, हेरूँ के हुन बाँकी छ ? पर्खिऊँ, हेरूँ के देख्न बाँकी छ ? अहिलेलाई, सास फेरौँ, बाँचौ सपना देखौँ, साँचौँ टिल दि एन्ड ।