वेट यान्ड वाच
अर्थ के अस्तित्वको ?
लड्ने उठ्ने र चल्ने मात्रै हो ?
वा
सास फेर्ने र बाँच्ने मात्रै हो ?
सपना देखिन्छन्, नदेखिने होइनन्
तर,
कति राख्ने, कति फ्याँक्ने ?
कति सम्झिने, कति बिर्सिने ?
कसले गर्दियोस् र खै ?
बरु,
पर्खिऊँ, हेरूँ के हुन बाँकी छ ?
पर्खिऊँ, हेरूँ के देख्न बाँकी छ ?
सास फेरौँ, बाँचौ
सपना देखौँ, साँचौँ
Comments
Post a Comment