अन्धकार
बत्ती बलेको छ चिरेको छ यसले अन्धकार अनि उज्यालो बनाएको छ कोठालाई । तर, मेरो मन अझै अँध्यारो छ छैन यहाँ कुनै बत्ती बलेको किनकी मेरो मनमा लोडसेडिङ छ बिहानपख घाम उदाउला भन्ने आश पनि छैन किनकी बस् , यहाँ त रातमात्रै छ त्यो रात पनि औँसी मात्रै छ ताराका झिलिमिली होलान् नसोच्नु, तिनले नि लोभ गर्न थालेको छन्। कोठा उज्यालो छ तर म अन्धकारमा छु किनकी मेरो मन अझै पनि अँध्यारो नै छ।