अन्धकार

बत्ती बलेको छ
चिरेको छ यसले अन्धकार
अनि उज्यालो बनाएको छ
कोठालाई ।
तर,
मेरो मन अझै अँध्यारो छ
छैन यहाँ कुनै बत्ती बलेको
किनकी
मेरो मनमा लोडसेडिङ छ
बिहानपख घाम उदाउला भन्ने
आश पनि छैन
किनकी
बस् , यहाँ त रातमात्रै छ
त्यो रात पनि औँसी मात्रै छ
ताराका झिलिमिली होलान् नसोच्नु,
तिनले नि लोभ गर्न थालेको छन्।
कोठा उज्यालो छ तर म अन्धकारमा छु
किनकी
मेरो मन अझै पनि अँध्यारो नै छ।

Comments

Popular posts from this blog

चलन

रानी

विद्वानसँग भलाकुसारी