परिवर्तन

हरपल मुस्कान छाउने यो अनुहार
मेरो, कालो बादल छाएको छ रे
सदैव खुशी देखिने यी आँखा
मेरा, आँसुले भरिएका छन् रे
मिठो वचन भएको यो बोली
मेरो, आज छाडा भएको छ रे
शान्त र सुशील देखिने स्वभाव
मेरो, अराजक पो भएको छ रे
सिक्न जहिल्यै तत्पर यो व्यवहार
मेरो, अचेल त सुस्त भएको छ रे
के म यो साँचो सुन्दै छु त?
ओहो! म त वाइयात पो भएँ रे!

Comments

Popular posts from this blog

चलन

धड्कन

विद्वानसँग भलाकुसारी