सोच र यथार्थ

एक्लै बसी सोचमा हराइरहँदा मलाई
भान पनि भयो मनमा थिचेजस्तो ढुङ्गाले।
मतलब थियो र तब मेरो बारेमा कलाई?
आफै उठेँ, खाने मुखलाई छेक्दैन जुँगाले।।

अनगिन्ती नै लागेहोलान् चोट आफूलाई त
खैर, जीवन यस्तै नै होला ठान्दै बसेँ पनि ।
ती पिडाहरुको मूल्यको खोजी गर्न जुटेँ म
आँट बटुलेँ, दरिलो बनाई मुटु कसेँ पनि ।।

आँखा खुल्यो लाग्यो मेरो यो घैँटोमा घाम
थाहा पाएँ यो सारा समयको खेला रहेछ।
जुट्नुपर्छ आफ्नो लागि खोज्न आफै माम
सफलता त आफ्नै परिश्रमको भेला रहेछ।।

Comments

Popular posts from this blog

चलन

धड्कन

विद्वानसँग भलाकुसारी