अर्थ के अस्तित्वको ? लड्ने उठ्ने र चल्ने मात्रै हो ? वा सास फेर्ने र बाँच्ने मात्रै हो ? सपना हुन्छन्, नहुने होइनन् सपना देखिन्छन्, नदेखिने होइनन् तर, कति राख्ने, कति फ्याँक्ने ? कति सम्झिने, कति बिर्सिने ? हिसाबकिताब लेखाजोखा कसले गर्दियोस् र खै ? बरु, पर्खिऊँ, हेरूँ के हुन बाँकी छ ? पर्खिऊँ, हेरूँ के देख्न बाँकी छ ? अहिलेलाई, सास फेरौँ, बाँचौ सपना देखौँ, साँचौँ टिल दि एन्ड ।
मेरो मुटको धड्कन बादलसँगै पठाइदिएको छु तिमीकहाँ जब वर्षा बनि बर्सिने छ बादल तिमी सुन्नेछौ मेरो धड्कन मेरो मुटुको ढुकढुकी जब स्पर्श गर्नेछौ तिमी बर्सिरहेको पानी महसुस गर्ने छु म तिमीले राखेर मेरो छातीमा तिम्रो शिर, अनि सुन्दै मेरो मुटुको चाल भन्नेछौ तिमी- “निर” “तिम्रो मुटुको धड्कनमा म मेरो नाम सुन्दै छु ।”
मेरो डायरीका पानाहरु मेरो मनका भावनाका सँगालो हुन्, चाहनाका संग्रह हुन् यी पानाहरु त मेरा हितैसी हुन् जसले मलाई सुन्दछन्, मलाई बुझ्दछन् मेरा कुराहरु गोप्य राख्दछन् मेरो जीवनको यी सहयात्री हुन् मेरो हरेक पाइलाहरु उनीहरुले अनुभव गरेका छन् मेरो भित्री र बाहिरी स्वरुप उनीहरुले देखेका छन् ।। मेरो डायरीका पानाहरु मलाई एकदम प्रिय छन् म चुप लागेर बस्दा मेरो मौनता बुझ्ने कोशिस गर्छन् उनीहरु म नाँच्दा, उफ्रदा म सँगै खुशीयाली जुट्छन् उनीहरु म भक्कानिएका बेला, मलाई सम्हाल्छन्, मलाई बुझाउँछन् पीडा सहेर त्यो कलमको सुइ आफूमाथि घोच्न दिन्छन् उनीहरु पर्वाह नगरी केही, मलाई नानाथरी रंग पोत्न दिन्छन् उनीहरु त्यही भएर त मलाई थाहा छ मेरो डायरीका पानाहरु एकदम बुझक्कड छन् मेरो डायरीका पानाहरु एकदम सहनशील छन् निर्जिव हैनन्, उनीहरुमा प्राण छ सास छ, उनीहरुमा भाव छ ।। मेरो डायरीका पानाहरु एकदम भाग्यमानी छन् मसँगै यिनले संसार देखेका छन् कहिले धर्तीमा डुल्छन् त कहिले आकाशका उड्छन् कहिले बगैँचामा पुग्छन् त कहिले मायामा डुब्छन् कहिले अन्तरिक्षमा रमाउँछन् त कहिले मेरो सपनीमा हराउँछन् मेर...
Comments
Post a Comment