विद्वानसँग भलाकुसारी



केही दिन अगाडी मेरो एकजना विद्वानसँग कुराकानी 
भएको थियो । मैले सोधेँ, “भगवान् हुन्छन् कि हुँदैनन् ?”
उनले सीधा उत्तर दिए, “हुन्छन् नि, किन नहुनु !”
“आखिर किन देखिँदैनन् त भगवान् ?”
“अस्तित्वमा भएका सबै कुरा देखिन्छन् भन्ने त हुँदैन नि ।”
“मतलब ?”
उनले हाँस्तै मलाई बुझाउने प्रयत्न गरे, “जसरी हावाको 
अस्तित्व छ तर हामी यसलाई देख्न सक्दैनौँ । त्यसरी भगवान् पनि छन्, हाम्रै वरिपरि वा हामी भित्र नै पनि हुनसक्छन् । बस् भगवानलाई महसुस गर्न सक्नुपर्छ जुन काम चैँ हावालाई महसुस गर्न जति सहज भने छैन । यसका लागि अथक प्रयास र साधना गर्नुपर्छ, आफूमा आत्मविश्वास राख्नुपर्छ ।”

Comments

  1. air particles ko diameter dherai saano hunxa tehivayera dhekhidainan 😂

    ReplyDelete

Post a Comment

Popular posts from this blog

चलन

रानी