Posts

वेट यान्ड वाच

  अर्थ के अस्तित्वको ? लड्ने उठ्ने र चल्ने मात्रै हो ? वा सास फेर्ने र बाँच्ने मात्रै हो ?   सपना हुन्छन्, नहुने होइनन् सपना देखिन्छन्, नदेखिने होइनन् तर, कति राख्ने, कति फ्याँक्ने ? कति सम्झिने, कति बिर्सिने ?   हिसाबकिताब लेखाजोखा कसले गर्दियोस् र खै ? बरु, पर्खिऊँ, हेरूँ के हुन बाँकी छ ? पर्खिऊँ, हेरूँ के देख्न बाँकी छ ?   अहिलेलाई, सास फेरौँ, बाँचौ सपना देखौँ, साँचौँ   टिल दि एन्ड ।

अनिँदो रात

  रात सारै छिप्पिसकेको थियो, त्यस्तै दुई जति बजेको हुँदो हो । आज त चाँडै सुत्छु भनेर बत्ती निभाइवरी ओछ्यानमा पल्टेको पनि थुप्रै बेर भइसकेको थियो । धेरै बेर प्रयत्न गर्दा पनि निद्रा लागेको थिएन । सुत्नका लागि जब मानिसले प्रयत्न गर्नु पर्ने हुन्छ तब बुझ्नुपर्छ – कि त तन स्वस्थ छैन, कि त मन । कोठाको एउटा भित्तामा स्वीचबोर्डको रातो बत्ती बलिराखेको थियो । पर्दाको काँपबाट बाहिरको मधुरो प्रकाश कोठाभित्र पस्न आफ्नो भएजतिको जोड लगाइरहेको भएपनि खासै सफल भएको थिएन । सायद त्यो प्रकाशलाई पनि निद्रा लागेको होला, त्यही भएर त मेरो कोठाको अन्धकारमा आएर निदाउने प्रयत्नमा जुटेको हुँदो हो । तर उसलाई के थाहा, त्यो कोठाभित्र अर्को मानवरुपी प्राणी निदाउन नसकेर छट्पट्याइ रहेको छ । सोचेँ, ऊ त चाहेर पनि निदाउन पाइरहेको छैन, म भने चाहेर पनि निदाउन सकिरहेको छैन । अब त कोठामा बस्दा पनि ऐँठन जस्तो महसुस हुन थाल्यो । त्यही बाहिरबाट आइरहेको मधुरो प्रकाशको सहायताले ढोकासम्म पुगेँ । हुन त आफ्नै कोठामा आँखा चिम्लेरै पनि म मज्जाले हिँड्न सक्थेँ । सुस्तरी ढोकाको छिड्कनी खोलेँ । अनि आफ्नो पाइलालाई सतर्क हुन निर्देश दिए...

चलन

Image
  हडबडिएको मन अनि लडबडिएको पैर त्यो उबडखाबड बाटोमा बिना औचित्यको सैर चुँडिएछ चप्पलको फिता भुईँमा नाङ्गो पैताला हेर्दै जिस्काउँछ झ्यापाकझुपुक गर्दै त्यो पोलमा झुण्डिएको सडक बत्ती यसो आँखा तरेँ त्यसलाई अनि सोचेँ, यो रिस के पोख्नु र त्यो निर्जीव नकच्चरोलाई आर्तहरुमाथि गलल्ल हाँस्ने यस्तै त छ मान्छेले बना’को चलन ।

धड्कन

Image
  मेरो मुटको धड्कन बादलसँगै पठाइदिएको छु तिमीकहाँ जब वर्षा बनि बर्सिने छ बादल तिमी सुन्नेछौ मेरो धड्कन मेरो मुटुको ढुकढुकी   जब स्पर्श गर्नेछौ तिमी बर्सिरहेको पानी महसुस गर्ने छु म तिमीले राखेर मेरो छातीमा तिम्रो शिर, अनि सुन्दै मेरो मुटुको चाल भन्नेछौ तिमी- “निर” “तिम्रो मुटुको धड्कनमा म मेरो नाम सुन्दै छु ।”

शान्त

Image
शान्त सडकमा बसेको म शान्त मगजले सोच्दै यो छु कि  संसारै शान्त भए मानिस के सोचमा अ-शान्ति भेट्थ्यो होला ?   शान्त होस् यो जगत्, शान्त रहोस् सदैवलाई  शान्तको अघि नजोडियोस् अ, प्रार्थना छ दैवलाई ।।

मेरो डायरीका पानाहरु

Image
मेरो डायरीका पानाहरु मेरो मनका भावनाका सँगालो हुन्, चाहनाका संग्रह हुन् यी पानाहरु त मेरा हितैसी हुन् जसले मलाई सुन्दछन्, मलाई बुझ्दछन् मेरा कुराहरु गोप्य राख्दछन् मेरो जीवनको यी सहयात्री हुन् मेरो हरेक पाइलाहरु उनीहरुले अनुभव गरेका छन् मेरो भित्री र बाहिरी स्वरुप उनीहरुले देखेका छन् ।। मेरो डायरीका पानाहरु मलाई एकदम प्रिय छन् म चुप लागेर बस्दा मेरो मौनता बुझ्ने कोशिस गर्छन् उनीहरु म नाँच्दा, उफ्रदा म सँगै खुशीयाली जुट्छन् उनीहरु म भक्कानिएका बेला, मलाई सम्हाल्छन्, मलाई बुझाउँछन् पीडा सहेर त्यो कलमको सुइ आफूमाथि घोच्न दिन्छन् उनीहरु पर्वाह नगरी केही, मलाई नानाथरी रंग पोत्न दिन्छन् उनीहरु त्यही भएर त मलाई थाहा छ मेरो डायरीका पानाहरु एकदम बुझक्कड छन् मेरो डायरीका पानाहरु एकदम सहनशील छन् निर्जिव हैनन्, उनीहरुमा प्राण छ सास छ, उनीहरुमा भाव छ ।। मेरो डायरीका पानाहरु एकदम भाग्यमानी छन् मसँगै यिनले संसार देखेका छन् कहिले धर्तीमा डुल्छन् त कहिले आकाशका उड्छन् कहिले बगैँचामा पुग्छन् त कहिले मायामा डुब्छन् कहिले अन्तरिक्षमा रमाउँछन् त कहिले मेरो सपनीमा हराउँछन् मेर...

आशा र भय

Image
नियाल्दा भविष्यका सुनौला पथ उमङ्गका लहरहरु, खुशीयालीका छालहरु, र सन्तुष्टिका झोँकहरुले बेलाबेला उन्मादै बनाइदिन्छन् मलाई ! ती प्रहरहरु समेटी, ती क्षणहरु कैद गरी, ती पलहरु सम्झी, आशा अनि उत्साहका साथ हौसलाका श्रोत बन्छन् दिनरात। तर डरको अनुभूति छोड्न चाहदैन मन नानाथरी सोच अनि झमेलामा छन् कुलेलम ठोक्छन कहाँ अगिका उत्साहहरू ? मलिन हुन्छन् किन घरीघरी यी चाहहरु ?