Posts

तीतो सत्य

बिनसित्ती रमाउनुको छ र के नै फाइदा कपोल कल्पित संसारमा सबैथोक छ काइदा गलतमा हौस्याउने थुप्रै हुन्छन् हातहरु तर भेटिदैनन् कोहि पनि आफूलाई चाहिँदा शंकाको बिरुवा पो पला...

अबेर रातमा...

आँखा मिच्दै निद्रा मार्दै किताबका पाना पल्टाउदै छु अन्धकारको यो संसारमा उज्यालो दिन कटाउदै छु परीक्षाको डर छ मनमा म यसलाई नै हटाउदै छु अक्षर अक्षरमा गढेर म आफैलाई ती र...

सोच र यथार्थ

एक्लै बसी सोचमा हराइरहँदा मलाई भान पनि भयो मनमा थिचेजस्तो ढुङ्गाले। मतलब थियो र तब मेरो बारेमा कलाई? आफै उठेँ, खाने मुखलाई छेक्दैन जुँगाले।। अनगिन्ती नै लागेहोलान् चोट ...

रानी

Image
लोलाउँदै गरेका आँखा मेरा अनि बारबारको हाइले निद्रादेवीले बोलाएको संकेत गर्दै थिए। किताबका अक्षरमा अडिन नसकेर अब मेरो मनले पनि मलाई ओछ्यानतिर धकेल्न थाल्यो। त्यसपछी त थाहा नपाई एक निमेषमै बत्ती निभाइ म ओछ्यानको अँगालोमा बाँधिन पुगेँ शिरमा सिरान र जिउमा ब्ल्याङ्केटका साथमा। अनि म सायद सपनाको संसारको द्वारमा पुग्न आट्दै थिएँ, त्यही बेला मेरो छेउमा भएको मोबाइल भाइब्रेट भएको मेरो हातले थाहा पाएछ क्यारे! चुम्बकले फलामलाई तानेझैँ मेरो हातलाई मोबाइलले तान्न त तानेन तर मेरो दाहिने हात मोबाइलको खोजीमा जुट्यो छामछुम पार्दै। एकछिनमा फेला पर्‍यो मोबाईल अनि हातले पनि सफलताको खुशीयाली मनायो। अहिले सम्म नखुलेका आँखाका अगाडि जब मोबाईल पुग्यो तब अलिअलि गर्दै आँखा खुल्न लागे र त्यो डिजिटल स्क्रिनबाट आइरहेको प्रकाश मेरा आँखाभित्र पसे। आँखाले देख्न अघि नै दिमागले 'वन् न्यु मेसेज' लेखेको देख्यो। त्यो मेसेज उनकै थियो- रानीको। 'सुत्यौ?' भनेर पठाएकी रहेछिन् । अघि खुल्नै नमानी राखेका मेरा आँखा अहिले चारगुना ठुला भएका थिए। 'सुत्न आट्दै थिएँ' मैले रिप्लाई गरे 'तिमी सुतेछैनौ अहिले सम्म?...

स्थिति

निलो आकाशसंग मैले मीत लाउन पुग्दा तिम्रो लागि भनी मैले गीत गाउन पुग्दा सपनीको संसारमा रमाइरहेछु म त इमानदार बनि यहाँ हित पाउन पुग्दा

अन्धकार

बत्ती बलेको छ चिरेको छ यसले अन्धकार अनि उज्यालो बनाएको छ कोठालाई । तर, मेरो मन अझै अँध्यारो छ छैन यहाँ कुनै बत्ती बलेको किनकी मेरो मनमा लोडसेडिङ छ बिहानपख घाम उदाउला भन्न...

परिवर्तन

हरपल मुस्कान छाउने यो अनुहार मेरो, कालो बादल छाएको छ रे सदैव खुशी देखिने यी आँखा मेरा, आँसुले भरिएका छन् रे मिठो वचन भएको यो बोली मेरो, आज छाडा भएको छ रे शान्त र सुशील देखिने ...